टिकटक प्रतिवन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्छः इन्सेक अध्यक्ष अर्याल

फाइल तस्बिर।

काठमाडौं इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताएका छन्।

सोमबार उनले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरूको मिलेमतो रहेको स्पष्ट हुने बताए।

उनले न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरूको तुलना गर्दा सबै राजनीतिक दलहरू यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पारे।

टिकटक प्रतिवन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिवन्ध लगाएको बुझ्न सकिने उनको भनाइ थियो।

अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताए।

उनले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताए।

अध्यक्ष कुन्दन अर्यालले भने, ‘टिकटकको प्रतिवन्ध सबै राजनीतिक दलका नेताहरूको मिलेमतोमा नै भएको हो। टिकटकमा प्रतिवन्ध बन्देजमुखी कदम हो। भारतमा प्रतिवन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो। कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन्। अमेरिका जस्ता देशहरूले के गरेभन्दा यसमा सुरक्षाको प्रश्न उठाए। खासगरी तथ्यांकको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे। सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ। यो प्रतिवन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्छ होला।’

उनले टिकटकमा प्रतिबन्ध लाग्दा संसारभर राम्राे सन्देश नगएकाे पनि बताए।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्