पत्रकार तथा कलाकार प्रकाश ढकाल मृत फेला

काठमाडौँ – पत्रकार तथा कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्।

केही दिनदेखि हराइरहेका उनी आइतबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ कृष्णभिरमुनि त्रिशुली नदी किनारमा मृत फेला परेका हुन्।

र्‍याफ्टिङ गर्नेहरुले त्रिशुली किनारको खोंचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार सोमबार उनको शव निकालिएको थियो।

उनी लालिगुराँस डटकममा कार्यरत थिए। स्याङ्जाको चापाकोट नगरपालिका–७ का उनी काठमाडौँमा बस्दै आएका थिए।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्