हुम्ला गोल्ड कपको उद्घाटन खेलमा इनरजिङ युवा क्लब विजेता

सिमकोट – पहिलो पटक सोमवारबाट सञ्चालन भएको हुम्ला गोल्ड कपमा उद्घाटन खेलमा इनरजिङ युवा क्लव विजेता भएको छ। उक्त क्लवले तल्लो गाउँ सिमकोट ए बाट विजेता भएको हो।

पहिलो खेल विजेता क्लबले तल्लो गाउँ सिमकोट ए लाई एकका विरुद्ध आठ गोल विजेता भएको हो। जिल्लामा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको हुम्ला गोल्ड कप प्रतियोगितामा सुरु भएको छ।

जिल्लाभित्रका बाह्र वटा टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको जिल्ला समन्वय समितिका कावा प्रमुख सरिता रावतले गरेकी थिइन्। उद्घाटन कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भाम, प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल लगायत सहभागी थिए। गोल्ड कपमा बाह्र वटा टिमको सहभागिता छ। प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ र उपविजेतालाई एक लाख १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिम पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतियोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ। यो प्रतियोगिता सञ्चालन गर्न २० लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्