कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

सांकेतिक तस्बिर ।

धनगढी – कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आज साँझ गोदावरी नगरपालिका–४ बुढितोलामा से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो। उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार ट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा ट्रकमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो। उनको पहिचान अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक चन्दले बताए।

दुर्घटनामा परी डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीया ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीया आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन विक, ६० वर्षीय रंग कामी, २५ वर्षीय भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन्।

उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। यस्तै, १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीया कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको जनाएको छ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्