ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर ।

लुम्बिनी – सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्