दाङ – दाङको तुलसीपुरमा बन्द कोठाभित्र दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भई तुलसीपुर– ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बेलुकी ६ बजेतिर उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको बताए।

गएर हेर्दा दाजुभाइ एउटै कोठाका दुई खाटमा मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्