जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही माग गर्दै आचार्य समाजले दियो सिआइबीमा निवेदन

काठमाडौं- आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीकाे कार्यालयमा गएर निवेदन दर्ता गराएका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए।

केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।

 

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्