आफ्नो निर्वाचन क्षेत्रका ३०१ ज्येष्ठ नागरिकलाई सभामुख घिमिरेले दिए लौरो

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका ३०१ ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका छन् ।

आइतबार उनले बिर्तामोड र कन्काईका १५० ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका थिए भने सोमबार अर्जुनधाराका ११५ र बुद्धशान्तिका तीनवटा वडाका ३६ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका हुन् ।

सभामुखले आफ्नो निजी खर्चमा प्रतिगोटा ६५० रुपैयाँ पर्ने ३०१ वटा लौरो वितरण गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाका तीनवटा वडामा सोमबार नै सभामुख घिमिरेले ३६ वटा लौरो वितरण गरे ।

उनले बुद्धशान्तिको १,२ र ३ नं वडाका ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका हुन् ।

आइतबार बिर्तामोड नगरपालिकामा आयोजित कार्यक्रममा बिर्तामोड र कनकाई क्षेत्रका १५० जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित सभामुख घिमिरेले लौरो वितरण गरेका थिए ।

 

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्