हरिनारायण रौनियार एमाले प्रवेश गर्दै, स्वागतको लागि ओली पर्सा आउँदै

फाइल तस्बिर

वीरगञ्ज- पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्दैछन्। उनी मंगलबार आफू आवद्ध रहेको जनता समाजवादी पार्टी (जसपा) छाडी एमालेमा प्रवेश गर्न लागेका हुन्।

पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रम राखेको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ।

कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराउने छन्।

०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।

तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए।

मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका थिए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्