झण्डा मेलामा झडप हुँदा आठ राउन्ड गोली प्रहार, दुईजना घाइते

सांकेतिक तस्बिर।

वीरगञ्ज- बारामा झण्डा मेलाको विषयमा दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। सोमबार राति पचरौता नगरपालिका- ७ बेनौलीस्थित झण्डा मेला लगाउने विषयलाई लिएर गाउँका दुईपक्ष गरी सयौं मानिसबीच उक्त विषयलाई लिइ झडप भएकाे हाे।

झडपलाई नियन्त्रणमा लिन राति एघार बजेको समयमा दुई राउण्ड गोली हवाई फायर गरी भीडलाई तितरवितर पारी अवस्था सामान्य बनाइएको प्रहरीले जनाएकाे ‍छ।

पुन: पौने १२ बजेको समयमा दुबै पक्षबीच एक आपसमा ढुंगामुढा हनाहान हुँदा प्रहरीले थप ६ राउण्ड गरी आठ राउण्ड गोली हवाई फायर गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

साथै ढुंगा प्रहारबाट पचरौता नगरपालिका- ७ बेनौली बस्ने वर्ष ४० का लक्ष्मी पटेल र वर्ष ४२ को चण्डीका पटेल घाइते भएको उनले बताए।

अहिले स्थिति सामान्य रहेको न्यौपानेले बताए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्