एमाले बाँकेका स्वयंसेवक रुकुम-पश्चिम लागे

नेपालगञ्ज- नेकपा एमाले, बाँकेले भूकम्प प्रभावितकाे घर पुन:निमार्णमा सहयाेग गर्न स्वयंसेवक खटाएकाे छ।

एमालेका नेता राम थापाकाे नेतृत्वमा २० जनाकाे टाेली रुकुम-पश्चिचमकाे आठबिसकाेट नगरपालिकामा सहयाेग गर्न आज बिहान निस्केकाे हाे।

एमाले, बाँकेका अध्यक्ष किस्मत कक्षपतिका अनुसार, नेपालगञ्जबाट गएकाे स्वयंसेवक टाेलीले पुन:निर्माणमा सहयाेग गर्नेछन्।

स्वयसेवक टाेलीले खाने बस्ने व्यवस्था आफैं गरेका छन्। एमालेले यसअघि नै भूकम्प प्रभावितका लागि आठ लाख बराबरकाे सहयाेग गरेकाे थियाे।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्