कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छः मुख्यमन्त्री पाण्डे

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। फाइल फोटो।

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विकसित राष्ट्रहरू अझै पनि पीडित देशहरूलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताए।

उनले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्नेमा जाेड दिए।

उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिए।

मुख्यमन्त्री पाण्डेले भने, ‘अब हुने कोप २८ मा लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ। केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ। जलवायु परिवर्तनको नाममा हामीकहाँ पनि धेरै खर्च भएको म देख्छु। तर त्यो खर्च अब कतापटि लैजाने? त्यसबारेमा पनि सोच्नुपर्छ। सफ्टवेयरमा धेरै खर्च गरेका छौं, जनचेतनाको नाममा। अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ।’

उनले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्