माइतीघर–नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरुद्ध सर्वोच्चमा रिट

फाइल तस्बिर।

काठमाडौँ – माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पेशी बुधबारका लागि तोकिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पनि मंसिर ७ गते नै सोही क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेको थियो।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्