बुद्धि बिगारेनौँ भने ०८४ को चुनावमा एमालेलाई कसैले हराउन सक्दैनः ओली

‍वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको बेला बुद्धि नबिगारे आफ्नो पार्टीलाई आगामी चुनावमा कसैले हराउन नसक्ने दाबी गरेका छन्।

मंगलबार पर्साको पोखरिया नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्तरघात नभएमा २०८४ को चुनावमा एमालेलाई कसैले हराउन नसक्ने बताएका हुन्।

त्यस क्रममा उनले आफ्नो स्वार्थमा मात्रै केन्द्रित नभइ नयाँ–पुराना सबै नेता–कार्यकर्ता एकजुट भएर पार्टीलाई सुदृढ बनाउन निर्देशन दिए।

‘हामी एकजुट भयौँ भने, एकअर्काको खुटा तानेनौँ भने, चुनावका बेला बुद्धि बिगारेनौँ, घात अन्तरघात गरेनौँ भने हामीलाई कसैले हराउन सक्दैन,’ उनले भने।

एमालेको सरकार हुँदा मधेसमा बनाइएको हुलाकी राजमार्ग अहिलेसम्म पनि त्यसभन्दा अघि बढ्न नसकेको भन्दै ओलीले आफ्नो कार्यकालमा विकास निर्माणको काम गरेको दाबी गरे। अहिलेको सरकारसँग कर्मचारीलाई खुवाउनको लागि तलबसमेत उनको भनाइ थियो।

२०८४ को चुनावमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे। ‘एमालेले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउँछ। एकल सरकार बनाउँछ,’ उनले भने।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्