खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज – लागुऔषध खैरो हिरोइनसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहारको मोतीहारीका २५ वर्षीय यदोलाल कुमार रहेका छन्।

वीरगञ्जको घण्टाघरनजिक चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। साइकलमा आएका उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

पक्राउ परेका उनीमाथि लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्