उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस

काठमाडौँ – न्याय परिषदले लामो समयदेखि उच्च अदालतहरुमा रिक्त रहेको मुख्य न्यायाधीश सिफारिस गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले ६ जना मुख्य न्यायाधीश नियुक्त गरेको हो। दिपायलमा कार्यरत मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। उनी स्वतः सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुपर्ने भए पनि मंगलबार उनलाई पन्छाएर जुनियरहरुलाई ल्याइएको छ।

न्याय परिषदका अनुसार लोहितचन्द्र शाहलाई मुख्य न्यायाधीश बनाएर उच्च अदालत सुर्खेतको जिम्मेवारी दिइएको छ।

माधवप्रसाद पोखरेललाई मुख्य न्यायाधीश बनाएर उच्च अदालत पोखराको जिम्मेवारी दिइएको छ। त्यस्तै रमेशप्रसाद राजभण्डारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ। उनलाई उच्च अदालत विराटनगरमा पठाइएको छ।

श्रीकान्त पौडेललाई मुख्यसँगै उच्च अदालत जनकपुरको जिम्मेवारी दिइएको परिषदको निर्णयमा उल्लेख छ।

नित्यानन्द पाण्डेलाई मुख्य न्यायाधीश बनाइएको छ। उनलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश बनाइएको छ। शान्ति सिंह थापालाई मुख्यसँगै उच्च अदालत दिपायलको प्रमुखको जिम्मेवारी दिइएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्