आइसिसीले श्रीलंकाबाट दक्षिण अफ्रिका सार्‍यो यू–१९ विश्वकप

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यू–१९ विश्वकपको अधिकार श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको छ। आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै श्रीलंकाबाट यू–१९ विश्वकपको आयोजनाको जिम्मेवारी खोस्न सक्ने चेतावनी दिएको थियो।

आगामी जनवरी र फेब्रुअरी हुने यू–१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा हुनेछ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो। दक्षिण अफ्रिकामा यसअघि यू–१९ महिला विश्वकप २०२३ र यू–१९ विश्वकप २०२० आयोजना भएको थियो।

यसपटकको विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन्। विश्वकपमा नेपाल समूह ‘डी’मा रहेर प्रतिस्पर्धा गर्दै छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्।

यसअघि विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंकाको सरकारले त्यहाँको क्रिकेट बोर्ड भंग गर्दै अन्तरिम बोर्ड गठन गरेसँगै आइसिसीले श्रीलंकालाई प्रतिबन्ध गरेको थियो।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्