टिकटकमाथि रोक लगाउनुको कारण पेश गर्न आदेश, अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

नेपालमा टिकटक रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएका १४ वटा रिटमाथि संयुक्त रुपमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउन आदेश जारी गरेको हो। एकल इजलासले निवेदकहरुले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सरकारले कात्तिक २७ गते नेपालमा टिकटकमा रोक लगाउने निर्णय गरेको थियो। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रञ्जन सिंह, जगन्नाथ दुलाल, यज्ञमणि न्यौपानेलगायतले मंसिर १ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई भनिएको छ। त्यस्तै, न्यायाधीश शर्माको एकल इजलासले मंसिर १९ गते सबै रिटको सुनुवाइका लागि पूर्ण इजलासमा पेश गर्न आदेश भएको छ।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्