१२ बुँदेपछि विदेशी हस्तक्षेप झन् बढ्यो (भिडियो)

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) २०६२ मंसिर ७ गते भएको १२ बुँदे सम्झौता र त्यसको एक वर्षपछि भएको विस्तृत शान्ति सम्झौताको एक पक्षधर हुन्।

तत्कालीन माओवादीसँग १२ बुँदे सहमित गर्दै राजतन्त्रविरुद्ध आन्दोलन गर्ने सात राजनीतिक दलमध्ये नेमकिपा एउटा महत्वपूर्ण पार्टी हो। १२ बुँदे र विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको छ।

तर त्यसको एक पक्षधर दल र हस्ताक्षरकर्ता अध्यक्ष बिजुक्छें त्यसबाट सन्तुष्ट छैनन्। १२ बुँदेले कोरेको राजनीतिक मार्गले देशमा थप विदेशी हस्तक्षेप बढाएको उनको विश्लेषण छ।

यो अवधिमा नेताहरुले देशका लागि भन्दा पनि विदेशीका लागि बढी काम गरेको बिजुक्छेंको आरोप छ। देश सञ्चारसँगको कुराकानीका क्रममा उनले आरोप लगाए, ‘नेताहरुले विदेशीका लागि काम गर्ने तर देशका लागि नगर्ने प्रवृत्ति हावी हुँदै गएको छ। हाम्रा नेता विदेशीका लागि काम गर्छन्। देशको हितमा बोल्नै नसक्ने भएका छन्। अरुका लागि काम गर्नु भनेको दास बन्नु हो।’

एमाले–माओवादीजस्ता दलले कम्युनिष्टका नाममा जनतालाई धोका दिएको उनले बताए। कम्युनिष्ट आचरणबाट ती दल च्युत भइसकेकाले नाम फेर्न पाका कम्युनिष्ट नेता बिजुक्छेंको सुझाव छ। तर उनीमाथि पनि एमाले माओवादीहरुले ‘संकिण जडसुत्र’बाट बाहिर निस्कन नसकेको आरोप लगाउँछन्।

१२ बुँदे भएको १८ र विस्तृत शान्ति सम्झौको १७ वर्ष पूरा भएको अवस्था उनीसँग देश सञ्चारका सम्पादक युवराज घिमिरेले गरेको विस्तृत कुराकानी यो भिडियो।

भिडियोः


मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्