हत्यामा संलग्न दुई जना १६ वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

मोरङ – १६ वर्षअघि भएको हत्यामा संलग्न रहेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिक्लाजुङ गाउँपालिका–१ का सन्तोष राईको हत्या आरोपी धनकुमार राई र देवीप्रसाद राईलाई पक्राउ गरिएको हो।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार २०६४ जेठ २० गते राति ३५ वर्षीय सन्तोष राईलाई धनकुमार राईले कुटपिट गर्दै हत्या गरी जंगलमा गाडेका थिए।

घटनापछि हत्यामा संलग्न राईविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको थियो। २०६७ सालमा जिल्ला अदालत मोरङले धनकुमार र देवीप्रसाद दुवै जनालाई ५–५ वर्षको कैद सजाय तोकेको थियो।

फरार रहेका धनकुमारलाई कार्तिक २ र देवीप्रसादलाई कार्तिक ५ गते पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजनालाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा पेश गरेको छ।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्