पहिलो हाफमा यमनसँग नेपालको गोलरहित बराबरी

तस्बिरः बर्षा शाह। देश सञ्चार।

काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको जारी खेलमा नेपाल र यमनले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

समूह ‘एच’ अन्तर्गतको दोस्रो खेलमा नेपाल दशरथ रङ्गशालामा यमनसँग प्रतिस्पर्धा गरीरहेको छ।

२३ वर्षमा ४ पटक भिडेका यी दुई टोलीबीचको खेलमा नेपाल अहिलेसम्म यमनलाई हराउन सकेको छैन। दुवै टिमले पहिलो हाफमा गोलका केही सीमित अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्।

दुवै टोलीलाई अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ। पहिलो खेलमा पराजित भएकाले फिफा विश्वकपको दोस्रो चरणमा जितका लागि दुवै टोली मैदानमा उत्रिएका छन्।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्