काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मशाल जुलुस निकालेको छ।

मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा मशाल जुलुस निकालेको हो।

मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए।

युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ।