ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैनः मन्त्री महत

फाइल तस्बिर।

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन्।

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि उनले यस्तो बताएका हुन्।

उनले ऋण लिएर ऋण नतिर्नेहरुको सुनुवाइ राज्यबाट नहुने बताए। उनले अफ्ठ्यारोमा परेकाहरुलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए।

उनले भने, ‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो। जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई सरकार र राष्ट्रबैंकको तर्फबाट सहजीकरण गर्ने भन्ने कुरा आएको छ। तर, ऋणको सवालमा ऋण लिएर पैसा लिएर तिर्दै तिर्दिनँ भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ। जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्ने कुरामा सरकार प्रतिबद्ध छ। उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन।’

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्