नेपालविरुद्ध यमनको अग्रता

तस्बिरः बर्षा शाह। देश सञ्चार।

काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको जारी खेलमा नेपाल र यमनबीचको खेलमा यमनले दोस्रो हाफमा अग्रता बनाएको छ।

यमनका लागि ओमार अब्दुलाह अल दाहीले ७२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै टिमले दोस्रो हाफमा उत्कृष्ट अवसर सिर्जना गर्दा यमनले एक अवसरमा गोल गर्दै अग्रता बनायो।

समूह ‘एच’ अन्तर्गतको दोस्रो खेलमा नेपाल दशरथ रङ्गशालामा दुबै टिम अघिल्लो चरणको आश काय राख्न जित्नै पर्ने दबाबमा रहेका छन्।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्