बसबाट ओ‌र्लने क्रममा यात्रुलाई किच्दा एकजनाकाे मृत्यु, दुईजना घाइते

सांकेतिक तस्विर

दाङ- रुकुम-पश्चिममा बसबाट ओर्लने क्रममा बसले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठविसकोट नगरपालिकामा बसबाट ‌ओर्लने क्रममा बसले किच्दा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्वर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्बरको रात्रि बसले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीका अनुसार बसबाट ओर्लने क्रममा आठविसकोट नगरपालिका वडा नम्वर ११ निवासी ३८ वर्षीय गणेश परियारको मृत्यु भएको हो।

आठविसकोटबाट नेपालगञ्जका लागि छुटेको रात्रिबसको ठक्करबाट अन्य दुईजना घाइते भएका छन्।

घाइते हुनेहरूमा आठविसकोट नगरपालिका १४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहेका छन्। उनीहरूकाे अहिले नेपालगन्जमा उपचार भइरहेको छ।

मंसिर ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्