राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई

सिमकोट – गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको हो। गाउँपालिकाका चार वटा माविबीच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक जितेर हिमज्योति मावि पहिलो भएको हो।

गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार १७ स्वर्ण पदक जितेर हिमज्योति मावि प्रथम भएको छ। त्यसैगरी, प्रतियोगितामा सात स्वर्ण पदकसहित लालीगुराँस मावि लिप्ने द्वितीय र दुई स्वर्णसहित सरस्वती मावि तृतीय भएका थिए। विजेता छात्रा÷छात्रलाई पदक, पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।

मंसिर १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्