बाढी–पहिरोपीडितलाई गाउँपालिका अध्यक्षद्वारा खानेपानीको पाइप सहयोग

सिमकोट – अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बाढी पहिरो–पीडितका लागि खानेपानीको पाइप सहयोग गरेका छन्। भदौ ४ गते अदानचुली गाउँपालिकामा आएको बाढी पहिरोले खानेपानी पाइप लाइनमा क्षति पुर्‍याउँदा धारामा पानी झर्न बन्द भएकाले अध्यक्ष सिंहले पाइप सहयोग गरेका हुन्।

अध्यक्ष सिंहले अदानचुली–४ को लौठी गाउँको खानेपानी सुचारु गर्न पाइप सहयोग गरेका हुन्। बाढी पहिरोकोमा उक्त गाउँको खानेपानीको पाइप लाइन बगाएर पिउने पानीको समस्या भएको बेला अध्यक्ष सिंहले पाइप सहयोग गरेको बताए। सुर्खेतबाट आफ्नै गाडीमा पाइप ढुवानी गरेर गाउँवासीलाई उपलब्ध गराएका हुन्।

यसअघि पाइप लाइनमा गाडिएको पाइप पहिरोले बगाएको कारण धारामा पानी आउनै छाडेकाले एक घण्टा टाढाको खोलाबाट सिंगो गाउँवासी खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै आएका थिए।

अब पाइप गाउँपालिका अध्यक्षबाट प्राप्त भएपछि यसलाई चाँडै नयाँ लाइन खन्ने र पाइप गाड्ने कार्य गरिने स्थानीय शंखुलाल जैसीले जनाए।

नयाँ पाइप गाड्ने कार्य भएपछि स्थानीय वासिन्दाको हालको खानेपानीको समस्या समाधान हुनेछ। उक्त बाढी–पहिरोमा पनि एक जना बेपत्ता भएका थिए भने बालीनालीलाई क्षति पुर् याएको थियो।

मंसिर ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्