सांकेतिक तस्बिर।

जनकपुरधाम – धनुषामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

उनले शव सडेको अवस्थामा रहेकोले करिब ६/७ दिन पहिला नै महिलाको मृत्यु भएको हुन सक्ने बताए। मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए। मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उनले बताए।

मंसिर १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्