लुम्बिनीः बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा जोडियो विद्युत

दाङ – लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत जडान गरिएको छ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत काटिएको थियो।

मन्त्रालयले मंगलबार २ लाख ८८ हजार ३५७ रुपैयाँ महशुल बुझाएको छ। नेपाल विद्युत प्राधिकरणको बुटवल कार्यालयमा पुगेर महशुल बुझाएपछि विद्युत जडान गरिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाका प्रमुख युवराज रावतले जानकारी दिए।

मन्त्रालयलाई बुटवलमा विद्युत महशुल बक्यौता रहेको विषयमा जानकारी नदिएर दाङमा रहेको मन्त्रालयको लाइन काटिएको मन्त्रालयले जनाएको थियो। मंसिर ५ गते विद्युत काटिएको थियो।

मंसिर १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्