३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका सई पक्राउ

साङ्केतिक तस्बिर

नेपालगञ्ज – ३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मैनापोखर (बर्दिया)का सई पवन साउँदलाई अख्तियारको टोलीले ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो। लागुऔषध मुद्दा मिलाइदिने भन्दै सई साउँदले सेवाग्राहीबाट पैसा लिएका थिए।

साउन इप्रका मैनापोखरमा मुद्दा फाँटमा थिए। अख्तियारको टोलीले घुससहित पक्राउ गरिएका साउँदका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

मंसिर १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्