हिल्सामा यारी नाका भन्सारको काम गर्दै सशस्त्र प्रहरीको बिओपी

सिमकोट – यारी भन्सार कार्यालयका काम हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सिमा सुरक्षा प्रहरी बल ( बिओपी) का सुरक्षाकर्मीहरुले गर्ने गरेको पाईएको छ। एक जना कर्मचारी रहेको सो कार्यालयमा भन्सारका कर्मचारी काम बिशेषले काठमडौं जानु परेपछि बिओपीले भन्सार असुलीको काम गर्नु परि रहेको हो।

नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ। कार्यालय प्रमुख कामको सिलसिलाले काठमाडौं गएको कारण चीनको ताक्लाकोटबाट सामानहरु आई रहेको भएपनि कार्यालय बन्द गरिएको हो। सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकी ( बिओपी ) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादबले यारी नाका भन्सार कार्यालयमा ताला लगाएर कर्मचारी हिँडेको बताए।

कार्यालय प्रमुख राजराज जैसी कामले जिल्ला बाहिर गएको र उनीसंगै कार्यालय सहयोगी समेत हिडेको कारण कार्यालयमा ताला लगाईएको हो। ताक्लाकोटबाट सामान आउने कार्य भने जारी रहेको छ। सामान आउने क्रम हिमपात नभएसम्मका लागि जारी रहनेछ। उनले ताक्लाकोटबाट आउने सामानको लिष्ट बनाउने कार्य सशस्त्र प्रहरीले गरिरहेको छ।

उक्त त्यो लिष्ट म्यासेन्जरमा भन्सार कार्यालयका कर्मचारीलाई पठाउने गरिएको हो। कर्मचारीले राजस्व काटेको रसिद सशस्त्र प्रहरीको म्यासेन्जरमा हालेपछि मात्र सामान छोड्ने गरिएको छ। यसअघि कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पुर्ती नभएको कारण राजस्व असुलीमा समस्या भै रहेको कार्यालयले जनाएको थियो।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्