रैथाने बालीको संरक्षणमा प्रदेश सरकारका लाग्ने मन्त्री शर्माको प्रतिबद्धता

सिमकोट – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रसाद शर्माले माथिल्लो कर्णालीमा उत्पादन हुने रैथाने बालीको संरक्षणमा प्रदेश सरकारले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पैदलमार्गबाट जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा अनुगमनमा पुगेका मन्त्री शर्माले किसानसंगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

किसानसँगको भेटको अवसरमा मन्त्री शर्माले साविक कर्णार्लाका रैथाने बाली कोदो, चिनो, फापर, कागुनो र सिमीको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताए।

पौष्टिक तत्वले युक्त यी रैथाने बालीको महत्वबारे प्रचार प्रसार हुन नसक्दा उत्पादन घटिरहे पनि यसै वर्ष प्रदेश सरकारले विशेष प्याकेज कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए।

उनले किसानले मिहिनेत गर्न छाडेपछि उत्पादन घट्दो क्रममा रहेका यी बालीको उत्पादन वृद्धि गर्ने र किसानलाई सिधै प्रोत्साहन हुने कार्यक्रम तयारी गर्ने कार्य मन्त्रालयले गरिरहेको बताए।

यसअघि पहिले नै अनुदानका कार्यक्रम दिँदा त्यो त्यति प्रभावकारी नदेखिएका कारण अब किसानले उत्पादन गरेपछि मात्र सिधै उत्पादनका आधार प्रोत्साहनका कार्यक्रम राख्न लागिएको छ।

उनले रैथाने बालीको उत्पादन वृद्धि मात्र नभई त्यसको प्रचार प्रसार र बजारीकरणका कार्यक्रम पनि ल्याउन लागिएको बताए। यसअघि उक्त गाउँका किसानले रैथाने बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि प्रदेश सरकार लाग्नुपर्ने माग राखेका थिए।मन्त्री शर्मा पहिलो पटक पैदल मार्गबाट हुम्ला जिल्लाको अनुगमनमा आएका हुन्।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्