टिकटक बन्द नगराएका इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले बुधबारभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। प्राधिकरणबाट इजाजत लिएका १३० वटा कम्पनीमध्ये ५५ वटा सेवा प्रदायकहरुले अहिलेसम्म आफ्नो सेवा बन्द भएको वा नभएको भन्ने जानकारी नदिएकाले बुधबारभित्र यसबारे जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको हो।

सरकारले कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट टिकटकसरकारको निर्णयसँगै प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई टिकटक बन्द भए/नभएको जानकारी गराउन भनेको थियो।

टिकटक बन्द नगराएका र सम्पर्कमा नआएका कम्पनीलाई ५ लाख रुपैयाँसम्म जरिवानासाथै लाइसेन्ससम्म रद्द गर्ने गरी प्राधिकरणले कारबाही गर्नसक्छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्