जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री

फाइल तस्बिर।

काठमाडौँ – अर्थमन्त्री एवं कांग्रेस नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधवार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीले सोचेभन्दा बलियो रहेको बताए।

उनले राजनीतिमा धेरै खाले अप्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए।

उनले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेको बताए।
अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीबारे छलफल भएको बताए।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्