नेपालमा पहिलोपटक दर्ता भयो समलिंगी विवाह

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिकामा समलिंगी विवाह दर्ता भएको हो।

दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासी कावासोती नगरपालिका- ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह गाउँपालिका कार्यालयमा कानुनी रुपमा दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका हुन्।

सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश दिएसँगै विवाह दर्ता गर्न बाटो खुलेको हो।

समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा यस्तो अन्तरिम आदेश आएको थियो।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्