रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ मनोनीत, सुमना, कविन्द्र र विपिन सहमहामन्त्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठलाई बनाएको छ।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो।

यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । पार्टीले कोषाध्यक्षमा लिमा अधिकारी,सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्