कोप- २८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहित नेपाली टोली दुबई प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ ।

दाहालले मंसिर १५ र १६ गतेसम्म हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले आगामी मंसिर १६ गते नेपालका तर्फबाट कोप २८ मा सम्बोधन गर्नेछन्।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्