अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली

फाइल फोटो।

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।

बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भइरहेको बताए।

गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको बताए। उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए।

‘अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ। गणतन्त्रको विरोध गर्ने, त्यो दुस्साहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ। तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ।’

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्