हुम्ला गोल्ड कफः फाइनल खेल शुक्रबार

सिमकोट – मंसिर ४ गतेबाट जारी रहेको हुम्ला गोल्ड कपको फाइनल खेल शुक्रबार हुने भएको छ। सो खेल इमर्जिङ युवा क्लब र चाङ्ला युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो।

बिहीबार भएको दुई वटै सेमिफाइनल खेलमा यी टिम विजेता भएर फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा इमर्जिङ युवा क्लबले सनराइज युवा क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै विजेता भएको थियो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा चाङ्ला युला क्लबले ठेहे राइजिङ युवा क्लबलाई ३ का विरुद्ध ६ गोल गर्दै विजेता भएर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णुबहादुर रावतले अब शुक्रवार सेमिफाइनलमा विजेता दुबै टिमबीच फाइनल खेल हुने जानकारी दिए।

फाइनलमा विजेता टिमले दुई लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् भने उपविजेता टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्