इन्द्रेणी होटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने

काठमाडौँ– सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटल बीच सहकार्य भएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटल र सिटिजन्स बैंक बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकले इन्द्रेणी सुइट होटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यसहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनेछन ।

बैंकले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्