मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो।

नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ। कारकादोको जनता ग्यारेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले बताएको छ। पछिल्लो समय मोटरसाइकल चोरी बढेपछि प्रहरीको टाउको दुखाइको विषय बनेको छ।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्