इन्जुरी समयमा ओलावालेको गोल निर्णायक बन्दा धनगढी विजयी

काठमाडाैँ – नेपाल सुपर लिग (एनएसएल) मा धनगढीले सनसनिपूर्ण जित हासिल गरेको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनिलाई १–० ले पराजित गरेको छ। धनगढीको जितमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

ओलावालेले निर्णायक गोल गर्ने क्रममा डिबक्स भन्दा केही अघिबाट अहमद इजाजीले दिएको लामो पासलाई ओलावालेले गोलरक्षकलाई नटमेकु गर्दै गोल गरेका थिए। उक्त गोलनै तीन अङ्कका लागि धनगढीलाई पर्याप्त भयो। त्यसको एक मिनेट अघि मात्र वान भर्सेस वानमा चुकेका ओलावालले दोस्रो मौकामा भने टिमलाई निर्णायक तीन अङ्क दिलाए।

बिहीबार धनगढीको सुरुवाती लाइनअपमा नरहेका ओलावाले ुसब्सटिच्युटु खेलाडीको रुपमा मैदान छिरेका थिए। उनी ६९ औं मिनेटमा अविशेष गुरुङको ठाउँमा मैदान प्रवेश गरे। उनले अन्तिम समयमा गोल गर्दै टिमलाई जिताउन पाउँदा खुसी भएको बताए। साथै उनले आजको आफ्नो निर्णायक गोल छोरी प्रति समर्पित गरेका थिए। ओलावालेले भने ‘आज मेरी छोरीको जन्म दिन हो यो गोल म छोरीलाई समर्पित गर्न चाहन्छु।’

त्यसअघि बुटवल लुम्बिनीले गोलका केही सुन्दर मौका गुमायो। निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले आक्रामक खेल खेलेपनि जाली चुमानउ भने इन्जुरी समय सम्म पर्खुनु परेको थियो। जितसँगै धनगढी लगातार दुई जित सहित शीर्ष स्थानमा उक्लिएको छ। यसअघि धनगढीले विरगञ्ज युनाइटेडलाई २(१ ले पराजित गरेको थियो। बुटवल लुम्बिनको भने यो लगातार दोस्रो हार हो।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्