माडागास्करको राष्ट्रपतिमा राजोएलिना निर्वाचित भएको अदालतद्वारा पुष्टि

माडागास्करको उच्च संवैधानिक अदालतले नोभेम्बर १६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति एन्ड्री राजोएलिनाको विजयी भएको पुष्टि गरेको छ।

एचसिसीद्वारा घोषणा गरिएको अन्तिम नतिजाअनुसार राजोएलिनाले पहिलो चरणको जितका लागि आवश्यक ५० प्रतिशत थ्रेसहोल्डलाई पार गर्दै ५८.९६ प्रतिशत मत प्राप्त गरेका थिए।

संयुक्त राज्य अमेरिका र युरोपेली संघसहित अन्टानानारिभोका धेरै कुटनीतिक प्रतिनिधित्वहरूले एचसिसिद्वारा प्रकाशित अन्तिम नतिजाहरूलाई स्वीकार गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।

मडागास्करले नोभेम्बर १६ मा आफ्नो पहिलो चरणको राष्ट्रपतीय निर्वाचन गरेको थियो। जसमा आगामी पाँच वर्षको लागि राष्ट्रिय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १३ जना उम्मेदवारहरू समावेश थिए।

दुई पूर्व राष्ट्रपतिहरू, मार्क राभालोमनाना र हेरी राजाओनारिमाम्पियानिना लगायत धेरै उम्मेद्वारहरूले चुनाव स्थगित गर्न आह्वान गरेका थिए। उनीहरूले आफ्ना समर्थकहरूलाई मतदानबाट टाढा रहन आग्रह गरेका थिए।

उनीहरूले राजोएलिनालाई फ्रान्सेली नागरिकता प्राप्त गरेको कारण चुनावबाट अयोग्य घोषित गर्नुपर्ने तर्क गरेका थिए।

यद्यपि देशको सर्वोच्च अदालतले गत महिना राजोएलिनालाई योग्य ठहर गरेको छ।

मंसिर १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्