एनिमलबारे भारतीय संसदमा कुरा उठ्यो

रणवीर कपुर र बबी देओल अभिनीत हिन्दी फिल्म एनिमलको विवाद भारतको संसदसम्म पुगेको छ।

फिल्ममा देखाइएको हिंसाका दृष्यलगायत डाइलग र इन्टिमेट दृश्यहरु पनि विवादित भएपछि विरोध गर्नेहरु बढिरहेका छन्। त्यही क्रममा छत्तीसगढकी सांसद रञ्जित रञ्जनले यसबारे भारतीय संसदमा आवाज उठाएकी हुन्।

उनले संसदमा भनिन्- ‘… फिल्मबाट युवाहरु इन्फ्लुएन्स हुन्छन्। तर आजभोलि यस्ता फिल्म आइरहेका छन् कि…  हालै मात्रै एउटा फिल्म आएको छ एनिमल । मेरी छोरी फिल्म हेर्दाहेर्दै आधामै छोडेर हलबाट रुँदै बाहिर आइन्।’

फिल्ममा देखाइएको हिंसा, मारपिट र महिला दुर्व्यवहारप्रति उनले संसदमा प्रश्न गरेकी थिइन्। फिल्ममा मुख्य पात्रले सयौँको हत्या गर्दा पनि प्रहरी प्रशासनको उपस्थिति नदेखाउनु गलत भएको उनले संसदमा बताइन्।

विवादसँगै एनिमलले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्