अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः प्रधानमन्त्री

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन। उनले आज बसेको वोर्डको बैठकबाट मौद्रिक नितिमा सुधार भएको र यसले नेपालको अर्थतन्त्रमा सुधार हुने उल्लेख गरे। शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार हुँदै गएकोले नडराउने ब्यबसायीलाई आश्वस्त पार्न खोजेका थिए।

प्रधानमन्त्रीले भने, ‘यो परिबर्तन मन नपरेकाहरुले नेगेटिभ कुरा मात्र गर्ने गरेका छन् तर रेमिटेन्स बढेको छ, राजस्व गत महिनादेखि बढ्न थालेको छ, अहिले १६९१७ महिनालाई पुग्ने मुद्रा संचित भएको छ। उनले थपे ९ तर जति सुधार हुनु पर्ने हो त्यति भएको छैन, सुधारका लागि सरकार लागिरहेको छ।’ उनले अहिले परिबर्तन बचाउन र राष्ट्रियताका सवालमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा आएको उल्लेख गर्दै राजनीति सुधारतर्फ रहेको बताए।

एनसेल खरिद बिक्रीबारे वाहिर आएको कुरामा छानबिन र अध्ययन भईरहेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘म प्रधानमन्त्री रहुन्जेल कुनै पनि जनता र राष्ट्र बिरोधी काम नगर्ने प्रतिबद्दता ब्यक्त गर्दछु, एक थरी लडेर ल्याएको परिबर्तन उल्टाउन खोज्दैछन त्यसमा सचेत रहन सबैलाई आग्रह गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू गम्भीर रहेको बताए। उनले भने९ मैले सुदूरपश्चिम महोत्सव तेस्रो चोटि उद्घाटन गर्ने अवसर पाँए अब यहाँ राखिएका माग पूरा गर्न गम्भिरताका साथ लाग्ने छु। प्रधानमन्त्री प्रचण्डलाई महोत्सव आयोजक कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले १० वटा माग सहित १० किलोको माला लगाएका थिए।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रधानमन्त्री समक्ष यहाँका समस्या प्रस्तुत गरेका थिए। मन्त्री देउवाले यो प्रदेशमा धेरै समस्या रहेकाले यश प्रदेशको विकासका लागि संघ सरकार गम्भीर बन्नु पर्ने बताए।
आजबाट सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ। महोत्सबमा ४ सय स्टल छन्।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्