परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

k/Dk/fut 3f/df df}/L sf9b} lbg]z vf]6fª, @@ dlª;/ M k/Dk/fut 3f/df kflnPsf] df}/L sf9b} lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsf–@ ;f]Ndfl:yt nfnLvs{sf o'jf lbg]z tfdfª . lj=;+= @)^( ;fnb]lv k/Dk/fut 3f/ -vf]kf / 8'F8_ agfP/ PkL;]/]gf hftsf] df}/L kfng z'? ug'{ePsf #@ jifL{o lbg]zn] Ps l;hgdf slDtdf !%) af]Qn dx laqmL ug'{x'G5 . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन्।

विसं २०६९ देखि परम्परागत घार ९खोपा र डुँड० बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गरेका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्छन्। पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउँछन्।

हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन्। त्यसमध्ये अहिले ४० घारमा मौरी छन्। दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गरेका छन्।

गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिए। “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन्। कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ। महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भने, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ। काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्छन्। ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन्।

मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ। व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ। “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ। डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उनले भने, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ। शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु। लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताए। नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उनले बताएका छन्। व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिएका छन्।

“मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ। नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो। मौरी बढ्दै गयो। अरु काम गर्न उत्साह जगायो”, उनले भने, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ। अहिले यसैबाट गुजारा चलिरहेको छ। दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु।”

लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ। जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन्। त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ। पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गरेका छैनन्। लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताए।

अहिले सरकारी अनुदान लिनेको कमी छैन। दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिएका छैनन्। आफ्नै बलबुतामा मौरीसँग रमिरहेका छन्। “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ। समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भने, “अनुदानको सही सदुपयोग भइरहेको छैन। मौरी पालनलाई थप विस्तार गर्ने योजना छ। तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु।”

चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो। मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोलेका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताए। बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उनको पदचापलाई पछ्याउनु भएन, कृषि पेसातिर लम्किरहे। दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्