मानवअधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यमः मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर। फाइल फोटो।

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गरेका छन्।

काठमाडौँमा शनिबार आयोजित ११ औं नेपाल मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा अध्यक्ष मगरले मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई आग्रह गरेका हुन्।

उनले राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार प्रवद्र्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्कसमेत गरे।

जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवद्र्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको अध्यक्ष मगरको भनाइ थियो ।

उनले सबै अधिकार मानवअधिकारभित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको समेत बताए।

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्