मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पनि महिला नेतृत्व आवश्यक छः मन्त्री आचार्य

फाइल फोटो

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा ल्याउनुपर्ने दाबी गरेका छन्।

महिलाले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै उनले उनीहरूलाई मुलुकको नेतृत्वमा पुर् याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने जिकिर गरे।

नेपाल प्रेस युनियन, महिला विभागले काठमाडौंमा शनिवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाले पनि आफ्नो क्षमताको विकास गर्ने कुरामा बढी ध्यान दिनुपर्ने बताए।

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुनेसमेत बताए। घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्रै उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सकिने उल्लेख गर्दै मन्त्री आचार्यले त्यस काममा जुट्न पनि सबैलाई आह्वान गरे।

मन्त्री आचार्यले महिलाहरु राष्ट्रपतिजस्ता माथिल्लो पदमा पुगे पनि महिलामाथि हुने विभेद अन्त्य गर्ने काममा कठिन हुनुमा हाम्रो सामाजिक अन्धविश्वास कुरीति जिम्मेवार रहेको बताए।

मन्त्री आचार्यले नेपालको संविधानले महिला सशक्तिकरणका लागि आवश्यक व्यवस्था गरेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

 

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्