रौतहटमा खेत जोतिरहेका किसानमाथि विद्युत्‌को तार खस्दा किसानसहित गोरुको मृत्यु

सांकेतिक तस्बिर।

वीरगन्ज – रौतहटमा खेत जोतिरहेका किसानमाथि विद्युत्‌को तार खस्दा किसानसहित गोरुको मृत्यु भएको छ। शनिबार बिहान पौने १२ बजेको समयमा विद्युत्‌ तार टुटेर माधवनारायण– ७ लौकाहा टगाउँ निवासी ५५ बर्षीय बैजु पण्डित र उनको हल गोरुको पनि मृत्यु भएको छ।

खेत जोतिरहेका उनी माथि विद्युत्‌को तार टुटेर खस्दा घटनास्थलमै मृत्यु भएको थियोे। विद्युत्‌ कार्यालयको लापरबाहीले हलो जोतिरहका किसानसहित चौपाया गोरूको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्। मृतक परिवारलाई क्षतिपूर्ति दिन समेत स्थानीयले माग गरेका छन्।

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्