भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागू

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतबन्ध औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन्।

बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो।

आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन्।

 

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्